|

ललितपुर : आगामी फागुन २६ गते मुसा मसला तथा वाङचुक पिक ओपन लिड क्लाइम्बिङ च्याम्पियनसिप काठमाडौँको पकनाजोलमा हुने भएको छ। 

काठमाडौँ महानगरपालिका-१६ ​को कालधारा पकनाजोलस्थित स्पोर्टस क्लाइम्बिङ सेन्टरमा हुने एकदिने खुला प्रतियोगितामा १४ वर्षमाथि उमेरका खेलाडीले भाग लिन पाउने आयोजक काठमाडौँ स्पोर्टस क्लाइम्बिङ सेन्टरले जनाएको छ। 

प्रतियोगितामा महिला र पुरुष गरी कम्तिमा ५० खेलाडीले भाग लिने सेन्टरका प्रबन्ध निर्देशक प्रनिलमान श्रेष्ठले बताए।

उनका अनुसार अन्तरराष्ट्रिय महासंघ आईएफएससीको नियम र मापदण्डअनुसार प्रतिस्पर्धा गराइनेछ। 

साहसिक खेलकुद र पर्यटन क्षेत्रको विकास तथा प्रवर्द्धन गर्न च्याम्पियनसिप आयोजना गर्न लागेको मुसा मसलाकी लाक्पा शेर्पाले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.