|

पर्वत : पर्वतको जलजला गाउँपालिका–२ राममन्दिरमा गएराति २ जनाको हत्या भएको छ। 

घटनास्थल म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर बजारदेखि कालीगण्डकी पारी रहेको छ।  सूर्यबहादुर क्षेत्री र उनकी श्रीमती कमला जिसीको धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा बिहान भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 

पर्वतबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ। एक्लो ठाउँमा रहेको सो घरमा सूर्यबहादुर र उनकी श्रीमती मात्रै बस्थे। लुटपाट गरेर हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.