|

काठमाडौं : पूर्वप्रधानमन्त्री झलनाथ खनालले बालुवाटारबाट समाजवाद नआउने बताएका छन्।

मंगलबार राष्ट्रियसभा गृहमा आयोजित ‘नेपाली विशेषताको समाजवाद’ अन्तरक्रियामा यस्तो धारणा राखेका हुन्। 

बालुवाटार र सदनबाट मात्रै समाजवाद नआउने भन्दै नेता खनालले सडक प्रमुख रहेको बताए।

‘खालि बालुवाटार र संसदबाट मात्रै क्रान्ति हुँदैन। समाजवाद आउँदैन’, उनले भने, ‘सदनलाई उपयोग गर्नैपर्छ, तर सडक प्रमुख हो। जनता त्यहाँ छन् । यसलाई बुझेर आम वर्गीय जनतालाई एकताबद्ध गर्ने, जागरूक र आन्दोलित नगरिकन नेपाली विशेषताको समाजवाद आउँदैन।’

नेता खनालले त्यसका लागि साझा मञ्च खोज्न वामपन्थीहरु लाग्नुपर्ने बताए।

‘एउटा नीति,  सिद्धान्त र लक्ष्यमा एकताबद्ध हुनुपर्छ’, उनले भने, ‘यसरी एकताबद्ध भएर अहिलेको चुनौतीलाई ठिक ढंगले सामना गर्न सकियो भने वामपन्थी आन्दोलन ठिक ढंगले अघि बढ्छ भने समाजवाद निर्माण गर्ने दिशातर्फ अघि बढ्न सकिन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.