|

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रियता र जनहितका विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्ने बताएका छन्।

नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना सन्देश जारी गरी अध्यक्ष नेपालले राष्ट्र निर्माण तथा राष्ट्रिय महत्वका विषयमा सबै दलबीच समन्वय हुनुपर्ने बताएका हुन्।

सामाजिक न्याय, समानता, समावेशी र सहभागितामूलक प्रतिनिधित्वका लागि आवधिक निर्वाचनसहितको लोकतन्त्रको महत्त्व मननीय छ भन्दै उनले सबै प्रकारका विभेदको अन्त्य हुनुपर्नेमा जोड दिनुए।

लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी सामाजिक तथा आर्थिक रूपान्तरण गर्नुपर्ने उनको भनाइ छ।

     

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.