|

चन्द्रौटा : लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री अर्जुनकुमार केसीले केन्द्र र प्रदेशको कानुन बाझिदा काम गर्न असहज भएको बताए।

कपिलवस्तु वन पैदावार उद्योग व्यावसायिक संघद्वारा शनिवार आयोजित सम्मान कार्यक्रममा बोल्दै कानुन निर्माणमा माफियातन्त्र रहेको बताए। मुलुकमा व्यवसाय गर्नेहरूलाई अपमान गर्ने गरेको बताए।

व्यवसायीहरूलाई चोरकै दृष्टिले हेर्ने गरेकाले हेर्ने दृष्टिकोणलाई परिमार्जन गर्नुपर्ने बताए। प्रदेश र केन्द्रका कानुन अध्ययन गरिरहेकाले प्रदेशका कानुन सच्याउन आफू तयार रहेको केसीले बताए।

प्रदेशसभा सदस्य नवराज लामिछाने विदेशी काठ आउने तर नेपालको काठ वनमै कुहिने अवस्था रहेको बताए। राज्यका संरचनामा काठको प्रयोग हुनुपर्ने बताए।

अख्तियारमा उजुरी परेका कारण कतिपय वनमै काठ सडेको बताए। डिभिजन वन प्रमुख विसेन्द्रराज सुवेदी संघ र प्रदेश कानुनका कारण काम गर्न असहज भएको बताए। बाझिएको कानुनलाई परिमार्जन गरी काम गर्न सहज गर्नुपर्ने बताए।

वन पैदावार उद्योग व्यवसायी महासंघका सामाजिक विकास संयोजक पशुपति शर्माले नेपालमा वनमाथि विभिन्न समयमा काठ व्यवसायीमाथि राज्यले समस्या पारिरहेको बताए।

सरकारले काठ व्यापारीलाई चोरको दृष्टिकोणले हेर्ने गरेको बताए। कपिलवस्तु वन पैदावार व्यावसायिक संघका अध्यक्ष नरेन्द्र सेनको अध्यक्षता कार्यक्रम सम्पन्न भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.