|

काठमाडौँ : पछिल्लो समय फेरि गीत संगितका सक्रिय लोकगायक बिक्रम विसीले अर्को गीत युट्‌युबमार्फत सार्वजनिक गरेका छन्। 

गत साता मात्रै 'त्यो भेरी तिरैमा' गीतलाई गाउँले परिवेशसँग जोडेर भिडियो सार्वजनिक गरेका विसीले सोमवार अर्को गीत 'घर पर्‍यो भेरी सुर्खेत' सांगीतिक बजारमा ल्याएका हुन्।

गत वर्ष 'अछाम जिल्ला तेरा मेरा' बोलको देउडा गीतले राम्रै दर्शक पाएपछि विसी आफैँले गाएका गीतलाई भिडियोमा ल्याउन लागि परेका हुन्। उनले गतवर्षदेखि आफ्नै नामबाट अफिसियल युट्युब च्यानल Bikram BC खोलेर आफ्ना गीतका म्युजिक भिडियो अपलोड गर्ने गरेका छन्।
 
पछिल्ला दुई गीत भने वि.स. २०५० को दशकमा रेडियो नेपालमा रेकर्ड गरिएका गीत हुन्। त्यी गीतको परिवेशअनुसार दृश्यमा देखाएर मौलिकता दिने प्रयास गरिएको गायक विसी बताउँछन्।

यो गीतमा विसीलाई वसन्ती राई, सिताराम ताजपुरिया र रचना जिसीले स्वरमा साथ दिएका थिए। शब्द भने वसन्ती राईसँग मिलेर विसीले नै लेखेका हुन्। 

 हेर्नुहोस् भिडियो

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.