|

काठमाडौं : एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आयोजनामा ‘विद्यार्थी महोत्सव’ सुरू भएको छ।

विद्यार्थीलाई मुलुकमा नै पढेर केही गर्न सकिन्छ भनेर जानकारी गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको अनेरास्ववियुका अध्यक्ष समिक बडालले जानकारी दिए। महोत्सव बिहीबारसम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुने छ।

‘विद्यार्थी महोत्सव’ का माध्यमबाट युवा विद्यार्थीलाई मातृभूमिप्रति प्रेम र स्नेह जगाउन र ‘नेपालमै पढछु, म बनाउँछु मेरो देश नेपाल’ भन्ने भावना जागृत गराउने प्रत्यत्न गर्न लागिएको बडालले बताए। 

महोत्सवमा विद्यार्थीलाई नेपालको शिक्षा प्रणालीको बारेमा जानकारी गराउनुका साथै शिक्षा प्रणाली सुधार गर्न के–के आवश्यक छ भनेर सुझावसमेत लिइनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.