|

काठमाडौँ : दुई घण्टा लगाएर राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका सरकारका आगामी आव ०८१/८२ का लागि नीति तथा कार्यक्रममा स्वास्थ्यसम्बन्धी केही कार्यक्रम घोषणा गरिएको छ।

वीर अस्पताल‚ राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताललगायत धेरै जनशक्ति भएका देशभरिका ठूला संघीय अस्पतालमा अब दिनमा दुई सिफ्टमा बहिरंग सेवा संचालन गरिने, औषधि र खोपलगायत स्वास्थ्य सामग्रीहरूको आपूर्ति सहज बनाई स्वास्थ्य सेवामा नागरिकको पहुँच वृद्धि गरिने जस्ता कार्यक्रम घोषणा गरिएको छ।

कर्णप्रिय लागे पनि आगामी आर्थिक वर्षका लागि नयाँ कार्यक्रमभन्दा पनि यसअघि नै चलिरहेका स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई सरकारको आगामी आवको नीति तथा कार्यक्रमले निरन्तरता दिएको छ।

यी हुन् आगामी आवमा समेटिएका स्वास्थ्यसम्बन्धी कार्यक्रम

महामारी‍ रोकथाम‍ र‍ स्वास्थ्य‍ आपतकालीन‍ अवस्थाको‍ पूर्वतयारी‍ तथा यस्तो पूर्वतयारीका लागि जनस्वास्थ्य निगरानी प्रणाली सुदृढ गरिने

- प्रत्येक प्रदेशमा एउटा संघीय र अन्य २ अस्पतालमा टेलिमेडिसिन सेवा संचालन गरिने

- उदयपुर, मोरङ, पर्सा‚ चितवनलगायत देशका अन्य स्थानमा मेडिकल कलेज स्थापना गर्न तथा सञ्चालनका लागि आवश्यक तयारी गरिने

- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै वर्षदेखि चिकित्सा शास्त्र संकायको स्नातक तहको कक्षा शुरु गरिने

- पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत अस्पताल सञ्चालनको तयारी गरिने

- तीनै तहका स्वास्थ्य सेवा प्रणाली‚ भौतिक पूर्वाधार‚ जनशक्ति र संसाधनको एकीकृत एवं समन्वयात्मक परिचालन गरि प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सुविधाको प्रत्याभूति गरिने

- संघ‚ प्रदेश तथा स्थानीय तहमा प्रवाह हुने स्वास्थ्य सेवाको वर्गीकरण गरिने

- संघीय अस्पतालहरुलाई कार्यबोझको आधारमा पुनर्संरचना गरिने

- वीर अस्पताल‚ राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताललगायत धेरै जनशक्ति भएका देशभरिका ठूला संघीय अस्पतालमा अब दिनमा दुई पटक बहिरंग सेवा संचालन गरिने

- कान्ति बाल अस्पतालमा थप पूर्वाधार निर्माण र स्तरोन्नति गरि सुविधासम्पन्न बनाइने

- शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई हृदयरोगसम्बन्धी विशेषज्ञ उत्पादन गर्न सक्षम संस्थाको रुपमा विकास गरिने

- निर्माणको चरणमा रहेका आधारभूत अस्पतालहरुको निर्माण कार्य शीघ्र सम्पन्न गरिने

- प्रदेश तहमा रहेका संघीय अस्पताल वा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५०० सय्यामा स्तरोन्नति गरिने

- सुरक्षित मातृत्व र रोग नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने

- पाठेघरको मुखको क्यान्सर रोकथामका लागि निःशुल्क स्क्रिनिङ कार्यक्रम र १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई दिइने खोप सेवालाई जिल्ला अस्पतालसम्म विस्तार गरिने

- परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा जन्मजात अवस्थामा असाधारण प्रकृतिका अवस्था उत्पन्न गर्ने रोग तथा नवजात शिशु परीक्षण सेवा शुरु गरिने

- सबै अस्पतालमा जेरियाट्रिक वार्ड सञ्चालनमा ल्याई ज्येष्ठ नागरिकलाई सहज सेवा पाउने व्यवस्था मिलाइने

- नागरिक आरोग्य कार्यक्रमलाई स्थानीय तहमा विस्तार गरिने

- बाल सुधार गृहमा रहेका बालबालिकाहरुको स्वास्थ्य बीमा गरिने

- ज्येष्ठ नागरिकलाई घरघरमै स्वास्थ्य परीक्षण र औषधिको व्यवस्था मिलाइने र सरकारले निकै महत्वाकाक्षी रुपमा अघि सारेको धनगढीस्थित शहीद दशरथ चन्द विश्वविद्यालयमा ३०० बेडको मेडिकल कलेजको रुपमा यसै वर्ष सञ्चालनमा ल्याइने

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.