|

दाङ : बबई नदीमा पौडी खेल्ने क्रममा दुई दाजुभाइको मृत्यु भएको छ। मंगलबार बबई गाउँपालिका-७ ओदाले घाटमा पौडी खेल्ने क्रममा दुई दाजुभाइको मृत्यु भएको हो।

दुई दाजुभाई ओदालेमा रहेको फुपुको घरमा बुवा(आमासङ्गै आएको स्थानीयले बताएका छन्। इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक अजयजङ्ग थापाका अनुसार १८ वर्षका दिपक परियारलाई उद्धार गरेर अस्पताल पठाएइको थियो। उपचारका क्रममा तुलसीपुरमा उनको मृत्यु भएको हो। यस्तै १६ वर्षका दिपेश परियारको बबई नदीबाट शव निकालेको प्रहरी निरीक्षक थापाले जानकारी दिए।

मृतकका परिवार कामको शिलशिलामा भारत बस्ने गरेको जनाइएको छ। शवको पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.