|

काठमाडौं : सर्लाहीको चन्द्रनगर गाउँपालिका-२ मा मोटरसाइकल ट्र्याक्टरमा ठोक्किँदा चालकको मृत्यु भएको छ। 

प्रहरीका अनुसार गएराति बयलवास-बबरगञ्ज सडकखण्ड अन्तर्गत चन्द्रनगर गाउँपालिका-२, पर्ती बजार नजिक रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको हो। 

ज १ त ५१९० नम्बरको ट्याक्टरमा दक्षिणतर्फबाट आइरहेको प्रदेश-२-०३-०२१ प ११६८ नम्बरको मोटरसाइकल ठोक्किँदा चालक ईश्वरपुर नगरपालिका–१०, बेलाका २९ वर्षीय सञ्जितकुमार साहको घटनास्थलमै मृत्यु भएको हो। 

वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका साह केही दिनअघि मात्रै छुट्टीमा घर आएको प्रहरीले जनाएको छ। 

यस्तै बरहथवा नगरपालिका-१४, लालदियरमा बा ४० प ८९९५ नम्बरको मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा चार जना घाइते भएका छन्। घाइते चारै जनाको जनजीवन अस्पताल बरहथवामा उपचार भइरहेको छ।

त्यस्तै पूर्व पश्चिम राजमार्गअन्तर्गत ईश्वरपुर नगरपालिकास्थित बाँके जंगलमा बर्दिवासबाट फूलजोरतर्फ आइरहेको प्रदेश २-०३-००१ च ४००८ नम्बरको खाली पिकअप तीव्र गतिका कारण अनियन्त्रित भई पल्टिँदा चालक र सहचालक घाइते भएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.