मानव तस्करीका दुई गिरोह पक्राउ

|

काठमाडौँ : मानव तस्करीका एक गिरोहले नेपाली महिलाहरूलाई दुबईको कम्पनीमा आकर्षक तलबसहित रोजगारीमा लगाइदिने भनी कुवेतमा तस्करी गरेर यातना दिएको खुलेको छ। 

काठमाडौँ  उपत्यका अपराध अनुसन्धान कार्यालयले हालै अनुसन्धान गरेको एक घटनामा उक्त तथ्य खुलेको हो। पीडितले दिएको जानकारीका आधारमा आफन्तले उद्धारका लागि प्रहरीमा निवेदन दिएपछि अनुसन्धानका क्रममा प्रहरीले उक्त रहस्य पत्ता लगाएको हो।

गिरोहले सुरुमा दुबई भनेर लैजाने र लोभमा फसाएर कुवेत पुर्‍याइ घरेलु कामदारमा लगाएको भेटिएको हो। घरेलु काम नगर्ने, बरु फिर्ता गरिदिन अनुरोध गर्दा डेढ लाख रकम मागी पीडितमाथि शारीरिक तथा मानसिक यातनासमेत दिएको पाइएको कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए।
  
उनीहरूले विदेशमा सम्पर्क कार्यालय नै खोलेर यसरी मानब तस्करी गर्ने गरेको पाइएको छ। 

उक्त घटनामा संलग्न रहेका दैलेख र गोरखाका एक–एक जना युवक पक्राउ समेत परेका छन्। पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका–९ घर भइ हाल काठमाडौँको तारकेश्वर बस्ने २४ वर्षीय राकेश सुनार र गोरखा पालुङटार–६ घर भई बौद्ध पिपलबोट बस्ने २५ वर्षीय आयुष विक रहेका छन्। 

उनीहरुमाथि बेरोजगारीका लागी दुबईमा रहेको कम्पनीमा आकर्षक तलब हुने प्रलोभनमा पारी महिलाहरूलाई भिजिट भिसामा दुबई लगी घरेलु काममा लगाइ शारीरिक तथा मानसिक यातना दिएको आरोप छ। 

उनीहरूले अनुमति बिना आफ्नो नाम ढाँटी ठूलो संख्यामा महिलालाई सरकारले निषेध गरेको घरेलु कामदारमा पठाउने गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ। 

पीडितहरूले काम गर्न नसकेपछि स्वदेश फर्किन खोज्दा एजेन्टले बन्धक बनाएर १ लाख ५० हजार मागेको र मार्ने धम्कीसमेत दिएपछि पीडित महिलाले आफन्तलाई खबर गरेका थिए। त्यसपछि प्रहरीमा जाहेरी परेको थियो।

आरोपी राकेश नेपालीले गोपाल सुनार र राकेश सुनारको नाममा जन्म मिति फरक राखी ठेगाना फरक बनाइ २ वटा नागरिकता लिएको पनि भेटिएको प्रहरीले जनाएको छ। उनीहरुलाई थप अनुसन्धान गर्न मानब बेचबिखन अनुसन्धान ब्यूरोमा बुझाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.