दुवै पक्षलाई जेठ ८ मा बोलाइयो

|

काठमाडौँ : पार्टी फुटविरुद्ध जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा सर्वोच्च अदालतले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी दर्ता यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। 

सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले बुधवार निर्वाचन आयोगले वैशाख २४ गते गरेको निर्णय र सोका आधारमा भएका काम कारबाही जहाँ जे जस्तो अवस्थामा छ, सोही अवस्थामा राख्नु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। 

इजलासले थप छलफलका लागि दुवै पक्षलाई जेठ ८ गते बोलाउन आदेश दिएको छ। जसपा नेपालभित्र विवाद बढेपछि नेता अशोक राईले जसपा नामक पार्टी निर्वाचन आयोगमा दर्ता गराएका थिए। 

फुटपछि राई नेतृत्वको पार्टी सरकारमा सहभागी भइसकेको छ। यादव सरकार छाडेर बाहिरिसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.