काठमाडौँ : क्रिकेटर सन्दीप लामिछानेले आफूलाई धेरै तरिकाले फसाएर नभएको अपराधको दोषी करार गरिएको बताएका छन्।
उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएपछि उनले समर्थक माझ यस्तो प्रतिक्रिया दिएका हुन्। उनले आफूले पहिलो दिन देखिनै आफू निर्दोष छु भनिरहेको पनि बताए।
लामिछानेले आफूले पहिले जिल्ला अदालतको फैसला पनि स्वीकार गरेको र आजको फैसला पनि स्वीकार गर्ने बताए।
उनले नेपाललाई क्रिकेटमार्फत आफूले जुन उचाइसम्म पुर्याएको हो, त्यसभन्दा पनि माथि पुर्याउन प्रयत्न गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
फैसलासँगै नेपाल क्रिकेट संघ क्यानले उनको निलम्बन पनि फुकुवा गरिसकेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।