|
फाइल तस्वीर

काठमाडौँ : नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी टी–२० वरीयताको अलराउन्डरतर्फ दशौँ स्थानमा उक्लिएका छन्। यसअघि ११औँ नम्बरमा रहेका ऐरीले एक स्थान सुधार गर्दै शीर्ष १० मा अटाउन सफल भएका हुन्।

अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधवार सार्वजनिक गरेको वरीयतामा उनी दशौँ स्थानमा छन्। आईसीसी वरीयताको माथिल्लो १० वरीयतामा पुग्ने उनी पहिलो नेपाली खेलाडी हुन्।

कुशल मल्ल ३२औँ र गुलसन झा ६०औँ स्थानमा यथावत रहेका छन्। कप्ताान रोहित पौडेलको वरीयता भने एक स्थान खस्कँदै ६५औँ स्थानमा रहेका छन्। करण केसीले भने एक स्थान सुधार गर्दै वरीयताको ७४औँ स्थानमा उक्लिएका छन्।  

वरीयताको शीर्ष स्थानमा बंगलदेशका सकिब अल-हसन रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.