|
फाइल तस्वीर

हेटौँडा : बागमती प्रदेशकी विना विभागीयमन्त्री रमा आलेले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएकी छन्।

बुधवार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाउने निर्णय गरेको थियो।

नेकपा एकीकृत समाजवादीकी नेतृ आले गत २० चैतमा विना विभागीयमन्त्री नियुक्त भएकी थिइन्। उनलाई जिम्मेवारी दिन माओवादी नेतृ कुमारी मोक्तानले सम्हालिरहेको सामाजिक विकास मन्त्रालय फुटाइएको हो। 

१२ सदस्यीय बागमतीको मन्त्रिपरिषद मन्त्रालय विभाजनपछि १३ सदस्यीय भएको छ। 

प्रदेशमा अब १३ मन्त्रालय र माओवादीका मुख्यमन्त्रीबाहेक ३ जना, एमालेका ५ जना, एकीकृत समाजवादीका ३ जना र हाम्रो नेपाली पार्टीका एक गरी १२ जना मन्त्री छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.