|

काठमाडौं :  मकवानपुरमा गएराति स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। 

बागमती गाउँपालिका–४ सादेपुलस्थित धरान–चतरा सडक खण्डमा भएको दुर्घटनामा हेटौंडा–१३ का ४५ वर्षीय केशवप्रसाद मुडभरीको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका मुडभरीको उपचारका क्रममा हेटौंडा अस्पतालमा राति ९ बजे मृत्यु भएको मकवाननपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।  उनी विद्यालय सञ्चालक र स्टेसनरी व्यवसायी समेत हुन्। उनले केही वर्ष पत्रकारितासमेत गरेका थिए। 

ना ६६ प ९३०३ नम्बरको स्कुटर रड बोकेको ट्याक्टरमा ठोक्किएर दुर्घटना भएको प्रहरीको अनुमान छ। मुडभरीको अनुहार र टाउकोमा गहिरो चोट लागेको थियो। प्रहरीले राति नै घटनास्थलबाट ३ किलोमिटर उत्तरतर्फ भोर्लेनीबाट काभ्रेको तालढुंगा जाने भित्रि सडक खण्डमा रोकिराखेको ना ७ त २२५९ नम्बरको रड लोड भएको ट्याक्टर नियन्त्रणमा लिएको छ। 

चालक फरार रहेको र खोजी भइरहेको इलाका प्रहरी कार्यालय फापरवारीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.