|

काठमाडौँ : विश्वविद्यालय सुधारका लागि छाता ऐन ल्याउनुपर्नेमा जोड दिइएको छ। अनेरास्ववियुको आयोजनामा भृकुटीमण्डपमा जारी विद्यार्थी महोत्सवको ‘विश्वविद्यालय सुधार किन र कसरी’ भन्ने बहसका वक्ताहरूले विश्वविद्यालय सुधारका लागि समग्र विश्वविद्यालयका लागि एउटै छाता ऐन ल्याउनुपर्ने बताए। 

बहसमा सहभागी भएकी सांसद विद्या भट्टराईले राजनीतिक कारणले विश्वविद्यालय नबिग्रेको उल्लेख गर्दै छाता ऐन ल्याउन सके विश्वविद्यालय सुध्रने दावी गरिन्।

‘विश्वविद्यालय नसुध्रिनुको कारण राजनीतिक हो भन्ने कुरा गलत भाष्य निर्माण गरिएको छ,’ उनले भनिन्, ‘विश्वविद्यालय सुधार्न सोच बदल्नुपर्दछ, समग्र छाता ऐन ल्याएर विश्वविद्यालय सुधार गर्न सकिन्छ।’ 

गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले विश्वविद्यालयमा शैक्षिक क्यालेण्डर लागू गर्न सके सुधार गर्न सकिने धारणा राखे। उनले सरकारले अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

शिक्षाविद् डा अनिमा सिंहले विश्वविद्यालयलाई जीवनोपयोगी शिक्षाको थलो बनाउनुपर्ने बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.