|

काठमाडौँ : काठमाडौँ जिल्ला अदालतको फैसला उल्ट्याउँदै बुधबार उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दियो। 

उक्त मुद्दाका विषयमा दोहोरो मत कायमै छ। कतिपयले सन्दीपलाई दोषी करार गर्नुपर्छ भनिरहेका छन् भने कतिपयले सन्दीपलाई फसाइएको बताउँदै आएका छन्। 

उच्चबाट सफाइ पाएका सन्दीपविरूद्ध पुनराबेदनको बाटो खुलै छ। पुनराबेदन परे अन्तिम छिनोफानो सर्वोच्चले गर्ने नै छ। त्यही प्रकरणसँग जोडिएकी किशोरी (गौशाला-२६)का पक्षमा आज काठमाडौँमा प्रदर्शन भएको छ। 

म पनि गौशाखा-२६, साथमा हामी छौँलगायतका नारासहित वैज्ञानिक समाजवादी महिला संगठन, नेपालले माइतीघर मण्डलामा प्रदर्शन गरेको हो।

बाँकी तस्वीरमा 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.