|
फाइल फोटो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाली कांग्रेसले संसदमा प्रश्न सोधेर गृहमन्त्रीको जवाफ सुन्न नचाहेको टिप्पणी गरेको छ।

संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै रास्वपाका सांसद एवं सह प्रवक्ता मनिष झाले यस्तो बताएका हुन्।

‘जहाँ प्रश्न सोधेको त्यहाँ जवफ दिन पाउनुपर्छ मात्र भनेको हो हामीले’ झाले भने, ‘अर्को हामीले व्यक्ति केन्द्रित नभइदिनुस् भनेका हौं। समग्र छानबिनका लागि तयार छौं भनिरहे छौं। तर उहाँहरू (कांग्रेस) तयार हुनु भएन।’

रास्वपाले चारवटा सहकारी मात्र नभइ देशभर समस्या रहेका सहकारीका बारेमा अनुसन्धान गर्न समिति बनाउन भनिरहेको उनले बताए।

आफूहरू स्पष्ट रुपमा संसदमा आए पनि कांग्रेसले बिहान एउटा निर्णय गरेर साँझ फेर्ने गरेको उनको आरोप थियो। कांग्रेसले संसदीय छानबिन समितिको बटमलाइन पूरा नभएसम्म संसद अवरोध जारी राख्ने बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.