|

काटमाडौं : सनराईजर्स हैदराबाद जारी इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ। 

गुजरात टाईटन्सविरुद्धको खेल वर्षाका कारण टस नै नभई रद्ध भएपछि हैदराबाद प्लेअफमा पुग्ने पक्का भएको हो।

तेस्रो स्थानमा रहेको हैदराबाद १३ खेलमा १५ अंक भएको छ। दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सको १३ खेलमा १६ अंक रहेको छ। यी दुई टोली शीर्ष दुईमा रहँदै फाइनल प्रवेशका लागि क्वालिफायर खेल्ने दाउमा रहेका छन्।

कललकता यसअघि नै १३ खेलमा १९ अंक सहित शीर्ष दुईमा रहने पक्का भइसकेको छ। उता गुजरात भने यस खेल अघि नै बाहिरिसकेको थियो। गुजरातले १४ खेलमा १२ अंक बटुल्दै यस सिजनको समाप्ती गरेको छ।

आईपीएलमा आज मुम्बई इंडियन्स र लखनउ सुपर जाएन्ट्स भिड्ने छन्। लखनउको प्लेअफ सम्भावना झिनो भएपनि कायमै रहेको छ भने मुम्बई भने बाहिरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.