|

काठमाडौं : आईसिसी टी–२० विश्वकप अघि नेपालले खेल्ने  वार्म–अप खेलको तालिका सार्वजनिक भएको छ।  नेपालले दुई एसोसिएटस् राष्ट्र अमेरिका र क्यानडाविरुद्ध वार्म अप खेल खेल्ने भएको हो।

नेपालले दुवै खेल टेक्सास स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा खेल्नेछ।  नेपालले २७ मेमा क्यानडाविरुद्ध खेल्नेछ भने ३० मेमा अमेरिकाको सामना गर्नेछ। नेपालले सोही मैदानमा नेदरल्याण्ड्सविरुद्ध विश्वकप अन्तर्गतको खेल समेत खेल्दैछ।

विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोजविरुद्धको बिहिीबा।र दोस्रो अभ्यास खेल खेलेको छ। र, लगातार दोस्रो जित निकालेको छ। सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्समा नेपालले विश्वकपको दुई खेल खेल्दैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.