|

गजुरी : धादिङको गजुरीमा सवारी दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एकजना सिकिस्त घाइते भएका छन्। 

काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख २९२० नम्बरको ट्रकले प्रदेश ३–०२००६ प २५८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सिद्धलेक गाउँपालिका-६ का १८ वर्षीय शनि घलेको घटनास्थलमै मृत्यु भएको हो। 

दुर्घटनामा गजुरी गाउँपालिका-१ सुन्दरगाउँ निवासी अन्दाजी वर्ष २० का सुविन सुनार सिकिस्त घाइते भएका छन्। घाइते सुनारलाई उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए। 

दुर्घटनापछि केही समय पृथ्वी राजमार्ग अवरुद्धसमेत भएको थियो। अहिले राजमार्गमा सवारी आवागमन सामान्य अवस्थामा फर्किइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.