ललितपुर : गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तरपालिका मेयर कप प्रतियोगिताको उपाधिका लागि शनिबार चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रतिस्पर्धा गर्ने भएका छन्। खेल गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा दिउँसो सवा १२ बजे हुनेछ ।
चन्द्रागिरी, महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौं, मध्यपुर थिमी नगरपालिकालाई हराउँदै प्रतियोगिताको फाइनलमा पुगेका हुन्।
प्रतियोगिताको विजेता टिमले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउने छन्। यस्तै अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फर्वाड, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।