|

काठमाडौं : स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावका कारण कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा आंशिक बदली छ। 

पहाडी भूभागका थोरै स्थान तथा तराईका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

कोशी, मधेश र गण्डकी प्रदेशको एकदुई स्थानमा भारी वर्षको पनि सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.