|

ललितपुर : नेकपा एमाले गोदावरी नगर कमिटीको दोस्रो अधिवेशन आगामी जेठ २५ गते हुने भएको छ। 

नयाँ नेतृत्व चयनका लागि हुने यो अधिवेशन गोदावरी नगरपालिका वडा नम्बर १० मा अवस्थित वेलकम पार्टी प्यालेसमा गर्न लागिएको नगर कमिटीले जनाएको छ। 

नगरका कार्यावहाक अध्यक्ष नन्दश्याम महर्जनको संयोजकत्वमा २ सय ३१ सदस्यीय मूल आयोजक कमिटी गठन गरिएको छ । 

शनिबार बसेको नगर कमिटीको बैठकले विभिन्न ११ वटा उपसमिती तयार गरी काम बाँडफाँड गरिएको उनले बताए। 

प्रतिवेदन लेखन उपसमितिको संयोजकमा कार्यवाहक अध्यक्ष महर्जन छन्। रमि प्रधानाङ्गको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति गठन गरिएको छ। प्रचार प्रसार उपसमिति प्रमुखमा विक्रम घिमिरे छन् । 

जनपरिचालन उपसमितीमा मिथुन मर्हजन, आर्थिक उपसमितीमा अर्जुन सञ्जेल, सुरक्षा तथा स्वयंसेवक उपसमितिमा सुवास पुडासैनी , रचनात्मक क्रियाकलाप उपसमितीमा प्रद्युम्न घले र कार्यालय विभाग प्रमुखमा सन्तोष लामिछानेलाई तोकिएको छ। 

यस्तै अधिवेशन सफल पार्न स्वास्थ्य उपसमितिमा रामकुमार केसी, मञ्च व्यवस्थापन उपसमितिमा जयराम मर्हजन र यातायात व्यवस्थापन उपसमितिमा वसन्त सिलवाललाई संयोजक तोकिएको छ। 

नगर भित्र रहेका १४ वटा वडाबाट छानिएर आउने प्रतिनिधि तथा नगरभित्रका जनवर्गीय संगठनबाट आउने प्रतिनिधिले अधिवेशनमा भाग लिन पाउने प्रचार-प्रसार उपसमिति प्रमुख विक्रम घिमिरेले बताए।

उनका अनुसार हाल गोदावरी नगरभित्र  एक हजार १९६ सदस्य छन्। अधिवेशनको जानकारी दिने उद्देश्यले १४ वटै वडाका मुख्य चोकमा फ्लेक्स तथा ब्यानर राख्ने उनले बताए । नयाँ र फरक तवरले प्रचारको योजना अघि सारेको उनले सुनाए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.