|

हेटौँडा : बागमती प्रदेशसभाका संसदीय समितिका ६ जना सभापतिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। 

प्रदेशसभा सचिवालयमा सोमवार आयोजित एक समारोहमा विषयगत समितिका ६ जना सभापतिले पद तथा गोपनीयताको शपथ लिएका हुन्। सभामुख भुवनकुमार पाठकले सभापतिहरूलाई शपथग्रहण गराएका थिए। 

प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामा, सार्वजनिक लेखा समितिका सभापति श्रीराम लामिछाने, शिक्षा स्वास्थ्य तथा कृषि समिति सभापति ठाकुरप्रसाद ढकाल, उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ, अर्थ तथा विकास समितिका सभापति नुरज बज्राचार्य र विशेषाधिकार समितिका सभापति मायादेवी शर्माले शपथ लिएका हुन्।

सोमवारै समितिका सभापतिहरूले पदभारसमेत ग्रहण गरेका छन्।

संसदको दोश्रो कार्यकाल सुरु भएको १८ महिनापछि बागमती प्रदेशसभामा संसदीय समिति थप गरेर समितिको सभापतिका लागि भागबण्डा मिलाइएको हो। विगतको ५ वटा संसदीय समितिमा विशेषाधिकार समिति थप गर्ने सहमति दलहरुबीच भएको हो। 

जसअनुसार कांग्रेसले प्रदेश मामिला र सार्वजनिक लेखा समिति गरी २ वटा, एमालेले उद्योग, पर्यटन तथा वातावरण, माओवादीले शिक्षा, स्वास्थ्य तथा कृषि, राप्रपाले अर्थ तथा विकास र नेकपा एकीकृत समाजवादीले विशेषाधिकार समितिको सभापतिको नेतृत्व पाएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.