|

काठमाडौँ : उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाललाई फिल्म छायांकन गर्ने प्रमुख देश बनाउनुपर्ने बताएका छन्।

सोमवार काठमाडौँमा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले हिमाल, पहाड र तराईको स्ांगम भौगोलिक स्थिति मिलेको देश नेपाल भएको बताए। उनले नेपाललाई फिल्म छायांकनको हब बनाउन सरकारले पनि आवश्यक पहल गर्ने बताए। उनले सरकारले चलचित्र क्षेत्रलाई विशेष महत्व दिएर जान अहिलेसम्म नसकेको बताए। 

उनले  नेपाल सुन्दरताको खानी भएको बताउँदै सरकारले चलचित्र क्षेत्रमा लगानी बढाउनुपर्ने उल्लेख गरे। उनले सरकारका लागि चलचित्र क्षेत्र देश चिनाउने महत्वपूर्ण क्षेत्र भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.