|

ललितपुर :पाराओलम्पीक वल्र्ड क्यालिफीकेशन टुर्नामेन्ट २०२४ का लागि नेपालको तर्फबाट पारा टेबल टेनिस खेलाडी केशव थापा र प्रशिक्षक वसन्त भारती सोमबार विहान थाईल्याण्ड प्रस्थान गरेका छन््। 

यही मे २३ देखि २६ सम्म थाइल्याण्डमा हुने पाराओलिम्पीकमा केशव थापा ह्वीलचियर क्याटोगोरीको क्लास ३ मा प्रतिस्पर्धाका लागि थाइल्याण्ड गएका हुन्। 
उक्त प्रतिस्पर्धामा विश्व बरियतामा रहेका खेलाडीहरुले मात्र खेल्न पाउने छन््। जसमा नेपालमा पारा टेबल टेनिसका खेलाडी केशव एकमात्र विश्व बरियतामा रहेका खेलाडी हुन्। उनीसँगै प्रशिक्षक वसन्त पनि थाइल्याण्ड गएका छन््।

पाराओलिम्पीक वल्र्ड क्यालिफीकेशन टुर्नामेन्टमा विश्वका धेरै देशका खेलाडीहरुले सहभागिता जनाउने सो खेलमा ह्वीलचियर ब्याइज क्लास ३ मा १५ देशका विश्व वरियतामा रहेका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन््। उक्त खेलमा विजेता हुने खेलाडी आगामी अगष्ट तथा सेप्टेम्बरमा फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने पाराओलिम्पीकका लागि सिधै छन्ोट हुने छन््। 

खेलाडी तथा प्रशिक्षकलाई प्रतियोगितामा सहभागी हुनको लागि ललितपुर बागडोलस्थित सुन्दर ढोका साथी सेवा अन्तर्गतको विकाश शिल्डले हवाई टिकट र खेलका लागि आवश्यक सामाग्री तथा मेडिकल इन्सुरेन्सको लागि प्रायोजन गरेको छ। साथै गोकर्णेश्वर नगरपालिकाबाट  ५० हजार आर्थिक सहयोगको प्रतिबद्धता भएको छ। 

नेशनल पाराओलिम्पीक कमिटीका कोषाध्यक्ष ओमनाथ सिवाकोटीले पनि खेलाडी तथा प्रशिक्षकलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 

खेलमा सहभागी हुनको लागि आयोजकको नियम अनुसार प्रवेश शुल्क र आवास शुल्क बापत प्रतिव्यक्ति ९६० युरो आयोजकलाई भुक्तानी गर्नु पर्ने हुँदा खेलाडी तथा प्रशिक्षकले जनही लगभग एक एक लाख स्वंयम व्यक्तिगत रुपमा लगानी गर्नुपर्ने खेलाडी थापाले बताए। 

विकास शिल्डले हवाई टिकट तथा खेल सामाग्रीमा प्रायोजन नगरेको भए उक्त प्रतियोगितामा नेपालले सहभागिता जनाउने अवस्थानै नरहेको खेलाडी तथा प्रशिक्षकले बताए। 

राष्ट्रिय खेलकुद परिषदमा जानकारी गराई पाराओलिम्पीक छन्ोट जस्तो खेलमा सहभागि हुनको लागि निवेदन दिदाँ पनि कुनै पनि निकायबाट सुनुवाई नभएको खेलाडी केशव बताउँछन््। 

अपांगता भएका खेलाडीहरुको प्रोत्साहनका लागि सरकारबाट आवश्यक सहयोग गर्न खेलकुदमा दीर्घकालीन योजनाको खाँचो रहेको छ ,उनले भने। 

को हुन् खेलाडी केशव थापा ?

केशव थापा नेपालमा आयोजना भएका ह्वीलचियर टेवल टेनिसमा राष्ट्रिय च्याम्पीयन समेत भई सकेका खेलाडी हुन्। 

केशव थापा पारा एसियन गेम २०१८ इन्डोनेशिया, पारा एसियन गेम २०२२ हान्जाउ चाइना लगायत, ताइवान, जापान, पोल्याण्ड, थाइल्याण्ड तथा बगंलादेशमा समेत देशको प्रतिनिधित्व गर्दै बगंलादेशमा गोल्ड मेडल समेत जित्न सफल खेलाडी हुन्। 

उनी नेपाली पारा टेबल टेनिसमा हाल विश्व वरियतामा रहन सफल एकमात्र पारा टेबल टेनिसका खेलाडी हुन्। 

१३ बर्ष अघि मेरुदण्ड पक्षघात भई अपाङता भएका थापाको जन्म स्थान धवलागीरी गाउँपालिका ७ धारापानी, म्याग्दीमा जन्मेका हुन भने विगत १२ बर्ष देखी गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ मा बस्दै आइरहेका छन्। 

प्रशिक्षक वसन्त भारती

प्रशिक्षक वसन्त भारती चौथो पारा एसियन खेल हान्जाउ चाइनामा नेपाली टेबल टेनिसको प्रशिक्षकको जिम्मेवारी पुरा गरिसकेका प्रशिक्षक हुन्। प्रशिक्षक भारती पारा टेबल टेनिसका अन्तराष्ट्रिय मान्यता प्राप्त प्रशिक्षक हुन्। उनी गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ स्थायी बासिन्दा हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.