|
तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियालाई आज प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। नागरिकता किर्तेसम्बन्धी कसुरमा पक्राउ उनलाई पक्राउ गरिएको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कान्तिपुरको कार्यालयबाटै पक्राउ गरेका उनलाई आजै अनुसन्धानका लागि धनुषा पठाइएको हो।

कार्यालयबाट प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराई र प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीको नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो।

उनलाई आजै धनुषा जिल्ला अदालतले पक्राउका लागि अनुमति दिएको थियो। अनुमति पाएको केही घण्टामै पक्राउ गरेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.