एकको मृत्यु, १९ घाइते
एकको मृत्यु, १९ घाइते
धनकुटा : धनकुटाको छथर जोरपाटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
छथर जोरपाटी गाउँपालिका-४ पाथीभरा डाँडामा सिँधुवाबाट मलामी लिएर त्रिवेणीघाट जाँदै गरेको को १ त ९७३७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा छथर जोरपाटी गाउँपालिका-५ का ४२ वर्षीय वीरबहादुर खनालको मृत्यु भएको धनकुटाका प्रहरी नायव उपरीक्षक राजबाबु महर्जनले जानकारी दिए।
दुर्घटनामा १९ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये गम्भीर भएका ४ जनालाई धनकुटामा उपचार हुन नसकेपछि थप उपचारका लागि सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रनिष्ठान पठाइएको प्रहरी महर्जनले जानकारी दिए।
अन्य १५ जनाको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते हुनेमा छथर जोरपाटी गाउँपालिका-५ का ६० वर्षीय ढकबहादुर घिमिरे, छथर जोरपाटी गाउँपालिका-४ का ४३ वर्षिय अर्जुन थापा, सोही ठाउँका ४६ वर्षीय रेगिन्द्र अधिकारीलाई थप उपचारका लागि धरान पठाइएको प्रहरीले जनाएको छ।
चालकले इन्जिन चालु अवस्थामा ट्रयाक्टर रोकेर पिसाब फेर्न गएका बेला एकजना यात्रुले ट्रयाक्टर चढ्दा गियर समाएर चढ्दा ट्रयाक्टर गुडेर दुर्घटना भएको बताइएको छ।
त्यसपछि ट्याक्टर चालक समिर लिम्बूले देखेर जोगाउन खोज्दा उनी पनि घाइते भएका प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।