|

काठमाडौँ : सहकारीको रकम अपचलनबारे छानबिनका लागि बन्ने संसदीय समिति र त्यसको कार्यादेशबारे दलहरूबीच करिबकरिब सहमति बनेको छ। 

अब छानबिन गर्न संसदीय समिति बन्ने लगभग पक्का भएको छ। मंगलबार समिति बनाइने र त्यसपछि गतिरोध अन्त्य हुने बताइएको छ।

सोमबार साँझ सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले निकासको बाटो खोजेको कानुनमन्त्री पदम गिरीले बताए। 

उनले लगभग सहमति बनेको र भोलि संसदीय समिति बनाएर कार्यादेश जारी गरिने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.