|

धनकुटा : रारा गोल्डकपअन्तर्गत दोस्रो सेमिफाइनल खेलमा मंगलबार विर्तामोड युनाइटेड क्लब झापा र सिराहाको सलहेश युथ क्लब बीच प्रतिस्पर्धा हुँदैछ। धनकुटाको राजारानीमा जारी प्रतियोगितामा यी दुई टोली भिड्न लागेका हुन्।

यसअघि सोमबार भएको खेलबाट आयोजक रारा फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ। चौविसे गाउँपालिका ६ राजारानी खेलमैदानमा सोमबार भएको पहिलो सेमिफाइनल खेलमा मोरङको डाँगिहाट युथ क्लबलाई २-१ गोल अन्तरले हराउँदै आयोजक रारा फुटबल क्लब उपाधि नजिक पुगेको हो। 

खेलमा म्यान अफ द म्याच राराका छिरिङ गुरुङ घोषित भए। उनले नगद ७ हजार रुपैयाँ र ट्रफि पुरस्कार पाए। 

आयोजक राराले उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग बुधबार प्रतिस्पर्धा गर्नेछ। उपाधि  विजेता टोलीले ५ लाख रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक समितिका संयोजक मणि चेम्जोङले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.