|

काठमाडौं : सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश (टीओआर) मै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम किट्नुपर्ने अडानबाट अन्ततः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पछि हटेको छ।

यसअघि गृहमन्त्री लामिछानेको संलग्नता रहेको प्रमाणै-प्रमाण रहेको दाबी गर्दै टिओआरमै उनको नाम उल्लेख गर्नुपर्ने अडान राख्दै आएको थियो।  तर सोमबार साँझ भएको छलफलपछि कांग्रेस उक्त अडानबाट पछि हटेको हो।

मंगलबार बिहान बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले कुनै व्यक्तिको नाम वा पद उल्लेख गरिराख्नु नपर्ने गरी सहमति भएको बताए। 

उनले भने, ‘हामीले जुन सहमति गरेका छौं, यसमा व्यक्तिको नाम र पद लेखिहाल्ने भन्दा पनि सहकारीको रकम गैरकानुनी रुपमा कहाँ–कहाँ गएको छ हेर्ने र त्यसमा संलग्न जोसुकै होस्, उसमाथि छानबिन हुन सक्ने स्थिति र कारबाहीको  बन्ने भएको हुनाले व्यक्ति विशेषको नाम नाम लेखिरहन आवश्यक छैन भन्ने सहमतिमा पुगेका छौं।’ 

टीओआरलाई अन्तिम रुप भने अब कार्यदल बैठकले दिने लेखकले बताए। ‘अन्तिम रुप दिने गरेर कार्यदल बस्दैछ, निष्कर्ष उन्मुख सहमति मात्र हो। निष्कर्ष नै चाहिँ होइन’, उनले भने, ‘कार्यदलले निष्कर्ष दिएर ४ बजेको बैठकले वैधानिकता दिन्छ।’ 

नेता लेखकले आफूहरूको माग सम्बोधन हुने भएकाले कोही व्यक्तिको नाम वा पद उल्लेख नगरिएको बताए। ‘हिजो जुन सहमति भयो, हामीले जे कुरा उठाउँदै आएको थियौं त्यो कुरा सम्बोधन गरिएको छ’, उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.