|

काठमाडौं : आगामी वर्षको बजेट सार्वजनिक गर्न बोलाइएको संघीय संसदको संयुक्त बैठक २ घण्टा पछि सारिएको छ।

दिउँसो १ बजे तय भएको संयुक्त सदनको बैठक तीन बजेका लागि सारिएको संघीय संसदका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए। उनका अनुसार केही बेरमा सूचना आउनेछ। 

आज सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दैछ। सदन बस्नुअघि दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ। बिहान ११ बजे बोलाइएको बैठक २ बजेका लागि सारिएको सरकारका प्रवक्ता सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। बजेट मन्त्रिपरिषद पारित गरेर सार्वजनिक गर्ने चलन छ ।

सहकारी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितको कार्यादेश टुंगाउन केही समय लाग्ने भएपछि सरकारको अनुरोधमा बैठक सारिएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.