|

काठमाडौं : डडेल्धुराका अधिकांश पालिकाले बेरुजु रकम घटाएका छन्। महालेखा परीक्षकको ६१औँ प्रतवेदनअनुसार गत आर्थिक वर्षको तुलनामा सातमध्ये चार पालिकाले बेरुजु घटाएका छन् भने तीन पालिकाको स्थिर छ। चालु आर्थिक वर्षमा जिल्लाका सातवटै पालिकाको बेरुजु ९ करोड नाघेको छ।

सबैभन्दा बढी बेरुजु नवदुर्गा गाउँपालिकामा देखिएको छ। कुल परीक्षण गराएको ९९ करोड ९१ लाख ३ हजारमध्ये २.७१ प्रतिशत अर्थात् २ करोड ७० लाख २८ हजार बेरुजु देखिएको छ। गत वर्ष पनि २.७१ प्रतिशत नै बेरुजु थियो। सबैभन्दा कम गन्यापधुरा गाउँपालिकाको छ।

जहाँ ९७ करोड ८३ लाख २७ हजारको परीक्षणमा १९ लाख ३३ हजार अर्थात् ०.२० प्रतिशत बेरुजु देखिएको छ। गत वर्ष पनि बेरुजु ०.२० नै थियो। भागेश्वर गाउँपालिकाको पनि बेरुजु प्रतिशत स्थिर छ।

चालु आर्थिक वर्षमा ९३ करोड ५ लाख ७६ हजार लेखापरीक्षण गर्दा गाउँपालिकाको १ करोड ९३ लाख ४३ हजार अर्थात् २.०८ प्रतिशत बेरुजु दखिएको छ। 

यस्तै, अमरगढी र परशुराम नगरपालिका तथा अजयमेरु र आलिताल गाउँपालिकाले बेरुजु प्रतिशत घटाएका छन्। चालु आर्थिक वर्षमा अमरगढी नगरपालिकाको १ अर्ब ५५ करोड ६२ लाख ३४ हजार लेखापरीक्षण गर्दा ०.७१ प्रतिशत  अर्थात् १ करोड ११ लाख २२ हजार बेरुजु देखिएको छ।

गत वर्ष बेरुजु ५.४८ प्रतिशत थियो। परशुराम नगरपालिकाको १ अर्ब ४७ करोड ८७ लाख ९ हजार परीक्षणमा १ करोड ११ लाख अर्थात् ०.७५ प्रतिशत बेरुजु देखिएको छ। गत वर्ष यो नगरपालिकामा १.२५ प्रतिशत रकम बेरुजु देखिएको थियो।

यस्तै, अजयमेरु गाउँपालिकाको १ अर्ब ९ करोड २९ लाख ४० हजार लेखापरीक्षण गर्दा १ करोड ७६ लाख ९३ हजार अर्थात् १.६२ प्रतिशत बेरुजु देखिएको छ। गत वर्ष यस्तो बेरुजु ५.६९ प्रतिशत थियो।

आलिताल गाउँपालिकाको पनि ९२ करोड ९६ लाख ६८ हजार लेखापरीक्षण गराउँदा १ करोड ९७ लाख ६९ हजार बेरुजु देखिएको छ। यो कुल रकमको २.१३ प्रतिशत हो।

गतवर्ष यो पालिकाको बेरुजु २.४८ प्रतिशत थियो। प्रचलित कानुनबमोजिम पुर्‍याउनुपर्ने रीत नपुर्‍याई कारोबार गर्दा, राख्नुपर्ने लेखा नराख्दा, बेमनाशिव तरिकाले आर्थिक कारोबार गर्दा बेरुजु  रकममा उल्लेख्य कमी आउन सकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.