|
जनकपुर-२२ दूधमती नदीमा गर्मी छल्दै बालबालिका। तस्वीर : रासस।

जनकपुरधाम : अत्यधिक गर्मी बढेपछि विद्यार्थीमा विभिन्न प्रकारका स्वास्थ्य समस्या देखा परेपछि जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र पर्ने विद्यालय पाँच दिनका लागि बन्द गरेको छ।

जनकपुरधाम उपमहानगरपालिकाले बुधवार सूचना जारी गर्दै जेठ १७ गते बिहीवारदेखि २१ सोमवारसम्मका लागि ५ दिन वर्षे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहीलाल यादवले बताए।

उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहीलाल यादवले दिनदिनै बढिरहेको अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मद्देनजर गर्दै पाँच दिन नगरभित्रका सबै विद्यालयमा बिदा दिइएको जानकारी दिए। 

विगत केही दिनदेखि तराई मधेशका जिल्लामा दिउँसोको तापक्रम ४३ डिग्रीसम्म पुगेर लू चलेको छ। चर्को घामसँगै तातो हावा चलेपछि जनजीवन नराम्ररी प्रभावित भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.