|

काठमाडौं : सडक डिभिजन काठमाडौंले फुटपाथ विस्तार रोकेर जुद्ध सालिक क्षेत्रमा भत्काइएको सडक जस्ताको तस्तै बनाउने महानगरलाई पत्र पठाएको छ।

बुधबार महानगरलाई पत्र लेख्दै सडक डिभिजनले तुरुन्त काम नरोके कारबाही अगाडि बढ्ने चेतावनीसमेत दिएको छ । मूल सडक भत्काएर पैदलमार्ग विस्तारको निर्णय फिर्ता लिनुपर्ने भन्दै आइतबारदेखि  विरोध भइरहेको छ।

महानगरको योजनाअनुसार फुटपाथ विस्तारपछि न्युरोड गेटदेखि जुद्ध सालिक र इन्द्रचोक सम्मको ११ मिटरको सडक चार मिटर घटाएर सात मिटरको बनाइनेछ।

जुद्ध सालिकदेखि धर्मपथतर्फको सडक १३ मिटरको सडक ६ मिटर घटाएर सात मिटरको बनाइनेछ  भने पाको आरबी कम्प्लेसतर्फको सडक ११ मिटरबाट चार मिटर घटाएर सात मिटरको बनाइनेछ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.