काठमाडौँ : काठमाडौँ महानगरपालिकाले टी–२० विश्वकपअन्तर्गत आज नेपाल-नेदरल्याण्ड्सबीच हुने खेल देखाउने तयारी गरेको छ।
कामपाले नेपालले खेल्ने खेलहरु काठमाडौँको टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रशारण गर्ने सोमवार घोषणा गरेअनुरुप तयारी गरेको छ।
नेपाली समयअनुसार आज साँझ सवा ९ बजेदेखि हुने खेल देखाउन महानगरले टुँडिखेलमा ठूलो एलईडी स्क्रीन राखेको छ।
महानगरले ओपन डोर्स इन्टरटेनमेन्टको सह-आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रशारण गर्ने भएको हो।
टुँडिखेलमा प्रत्यक्ष प्रशारणको यस्तो छ तयारीः
तपाईंको ईमेल गोप्य राखिनेछ ।