|

वीरगञ्ज : बिजुलीका पोल हुरीले ढाल्दा वीरगञ्ज र आसपास क्षेत्रमा ९ घण्टादेखि विद्युत् आपूर्ति बन्द छ। बुधबार रातिको हुरीले ठाउँठाउँमा बिजुलीका पोल ढालेको हो।

नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेले ढलेका पोल उठाउन काम भइरहेको जानकारी दिए।

उनले बिहीबार अपराह्नसम्ममा बिजुली आपूर्ति हुने जानकारी दिए। वर्षाका कारण काममा कठनाइ भएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.