|

रामपुर : विश्व वातावरण दिवस (जुन ५) को अवसरमा रामपुरमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।

बुधबार ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नाराका साथ विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै शहीद आदर्श क्याम्पस रामपुरमा २० भन्दा बढी धुपीका विरुवा रोपिएको हो।

कार्यक्रम वरुणेश्वर सेवा समाज मोलुङ गाउँपालिका–२ रामपुरको आयोजनामा भएको हो। कार्यक्रममा समाजका पदाधिकारी, सदस्य, प्रहरी, क्याम्पसका प्राध्यापक, विद्यार्थी र स्थानीयहरूको सक्रिय सहभागिता रहेको समाजका सचिव घनश्याम गौतमले जानकारी दिए।

गौतमका अनुसार दिवसका अवसरमा प्रभावतफेरीसहित सचेतनामूलक घरदैलोसमेत गरिएको थियो। आगामी दिनमा पनि समाजले वातावरण संरक्षण, सरसफाइ, शिक्षा, स्वास्थ्य, विकास र सुशासनको सवालका निरन्तर काम र खबरदारी गर्ने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.