|

पाल्पा : रैनादेवी छहरा गाउँपालिका-८ कञ्चन खोलामा लोडर दुर्घटना हुँदा बिहीवार एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बर्दियाको बागडोरी गाउँपालिका-६ का २६ वर्षीय कमल चौधरी रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए। गम्भीर घाइते उनको रूपन्देहीको बुटवलस्थित चौराह अस्पतालमा उपचारको क्रममा आज दिउँसो मृत्यु भएको हो। उनी लोडरका सहचालक हुन्।​

लोडर चालक कैलालीको घोडाघोडी गाउँपालिका-२ का ३० वर्षीय समीर चौधरी गम्भीर घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ।​

पाल्पास्थित सालझण्डी-ढोरपाटन सडकखण्डमा सडक मर्मत गर्ने क्रममा बा २ क ८७६८ नम्बरको लोडर दिउँसो साढे २ बजे दुर्घटना भएको थियो। ब्रेक फेल भई सडकभन्दा २० मिटर तल खोलामा खसेको श्रेष्ठले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.