|

काठमाडौं  : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिमेकी मुलुक भारतको भ्रमणमा प्रस्थान गरेका छन्। उनी भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र दामोदार मोदीको शपथग्रहणमा सहभागी हुन त्यसतर्फ लागेका हुन्। प्रधानमन्त्री प्रचण्डसहितको टोली आइतबार दिउँसो त्रिभुवन विमानस्थलबाट नयाँदिल्ली प्रस्थान गरेको हो।

परराष्ट्र मन्त्रालयका अनुसार आइतबार आयोजना हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी भएपछि प्रचण्ड भारतका प्रधानमन्त्री मोदीसँग छुट्टै भेट गर्नेछन्। भारतका प्रधानमन्त्री मोदीको यो तेस्रो कार्यकालको शपथग्रहण हो। भारतमा तेस्रो पटक प्रधानमन्त्री  हुने सुनिश्चित भएपछि प्रधानमन्त्री प्रचण्डले टेलिफोनमार्फत मोदीलाई बधाई दिएका थिए।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्डका साथमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, सरकारका उच्चाधिकारी र उनकी सुपुत्री गङ्गा दाहालसमेत सहभागी छन्। भ्रमणबाट प्रधानमन्त्रीको टोली सोमबार फर्कनेछ।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.