|

काठमाडौं : आर्थिक वर्ष २०१८/१९ देखि आर्थिक वर्ष २०५९/६० सम्म ४० वर्षमा ३६ लाख ४ हजार ४३७ रुपैयाँ मात्रै बेरूजु फर्स्यौट भएको कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयले जानकारी दिएको छ । 

सोमबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयले यस्तो जानकारी दिएको हो।

समिति बैठकमा बोल्दै कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय प्रमुख नमूना कार्की दाहालले आर्थिक वर्ष २०१८/१९ देखि आर्थिक वर्ष २०५९/६० सम्मको सरकारी बेरूजुको ३६ लाख ४४३७ रुपैयाँ मात्रै लगत कट्टा गर्न सफल भएको बताए।

प्रमुख कार्कीले लागत कट्टा रकम हेर्दा कार्यालयको कार्यक्षमता कमजोर देखिएको स्वीकार गरिन् । उनले आर्थिक वर्षगत रुपमा बेरूजु लगत कट्टा हेर्दा महालेखा परीक्षकको कार्यालयबाट प्राप्त १६८५ थान प्रतिवेदनका ठेलीहरूलाई कम्प्युटरमा ल्याएपछि १८ अर्ब १६ करोड १३ लाख ३२ हजार ७०७ रहेको बताइन्।

उनले कार्यालयले सरकारी कार्यालयहरूको परीक्षण गर्ने,लगत कट्टा गर्ने काम गर्दा अहिलेसम्म १ अर्ब ८८ करोड ७० लाख ६ हजार मात्रै बेरूजु फर्स्यौट गर्न सफल भएको बताइन्।

उनले अझै आर्थिक वर्ष २०१८/१९ देखि आर्थिक वर्ष २०५९/६० सालसम्मको सरकारी कार्यालय वा मन्त्रालयगत बेरूजु १५ अर्ब ९ करोड ६ लाख ४२ हजार ५०३ रहेको बताउनु भयो । राष्ट्रिय योजना आयोगको सचिवालयसहित २८ मन्त्रालयहरूको फर्स्यौट हुन बाँकी बेरूजु विगत ४० वर्षमा १५ अर्ब ९ करोड पुगेको कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयले दिएको जानकारी दिइन्।

उनले कार्यालयमा बेरूजु फर्स्यौट नगर्ने व्यक्तिलाई थुनामा राख्नसक्ने अधिकार भए पनि उपसचिवको नेतृत्व लगायत कर्मचारीको अभावको कारण सोचे जस्तो काम गर्न नसकिएको बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.