विराटनगर : कोशी प्रदेश सरकारले प्रदेश योजना आयोगमा ४ सदस्य नियुक्त गरेको छ।
सोमवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको सदस्यहरुमा डा. सीताराम बस्नेत (काठमाडौँ), किशोरकुमार रार्इ (धरान), भवानी बराल (धरान) र नमिता न्यौपाने (विराटनगर)लाई नियुक्त गरेको हो।
मुख्यमन्त्री अध्यक्ष हुने प्रदेश योजना आयोगको उपाध्यक्षमा झापाका डा. राजेन्द्र अधिकारी यसअघि नै नियुक्त भइसकेका छन्।
मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको संयोजकत्वमा भौतिक पूर्वाधार विकासमन्त्री गणेशप्रसाद उप्रेती र आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी सदस्य रहेको राजनीतिक तथा शान्ति वार्ता समितिसमेत गठन गरेको छ।
समितिको सदस्य सचिवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेललाई तोकिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।