काठमाडौं : भारतका नवनियुक्त मन्त्रीको कार्यविभाजन गरिएको छ।
गत आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदको शपथ लिएका थिए। सोही साँझ ३० मन्त्री ५ स्वतन्त्र प्रभार र ३६ मन्त्रीले शपथ लिएका थिए। त्यसको एक दिन पछि प्रधानमन्त्री मोदीले उनीहरुको कार्यविभाजन गरेका हुन्।
जस अनुसार अमित शाहलाई गृहमन्त्री, राजनाथ सिंहलाई रक्षा, निर्मला सितारमणलाई वृत्त मन्त्रालयलेको जिम्मेवारी दिइएको छ। यस्तै एस जयशंकरलाई विदेश मन्त्रालयले दिइएको छ। यसै गरी नीतिन गडकरीलाई सडक तथा परिबहन मन्त्रालय नै दिइएको छ।
यस अघि यी पाँचै जनाले सोही मन्त्रालयको जिम्मेवारीमा थिए। वृत्त मन्त्री सितरमणले भने आफूसँग चुनाव लड्ने पैसा नभएको भन्दै निर्वाचनमा भाग लिइनन्। उनलाई वृत्त मन्त्रालय नै दिइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।