|

काठमाडौँ : ग्लोबल आइएमई बैंक लिमिटेडले ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको छ। बैंकले अधिकांश बैंकिङ सेवा बैंकको वेबसाइटमार्फत अनलाइनमा उपलब्ध गराउने गरी यो सेवा सुरुवात गरेको हो।

सूचना प्रविधिको विकास र विस्तारसँगै विश्वभर देखिएको डिजिटल बैंकिङतर्फको बढ्दो आकर्षण र ग्राहकहरूको आवश्यकतालाई मद्देनजर गरी बैंकले आफ्ना दुई दर्जनभन्दा बढी सेवालाई बैंकको वेबसाइटमार्फत अनलाइनबाटै प्रदान गर्ने व्यवस्था गरेको बैंकले जनाएको छ।

क्यूआर कोड तथा पीओएस रजिस्ट्रेसन, इजी बाई इजी पे, इकम कार्ड आवेदन, मुद्दती निक्षेप खाताको आवेदन, नयाँ क्रेडिट कार्ड आवेदन, मोबाइल बैंकिङ एक्सेस, मोबाइल बैंकिङ ब्लक तथा अनब्लक, डेबिट कार्ड ब्लक तथा अनब्लक, नयाँ डेबिट कार्ड आवेदन, डेबिट कार्ड परिवर्तनको आवेदन दिन सकिने पनि बैंकले जनाएको छ।

त्यसैगरी ग्रिन पिन (डेबिट कार्डका लागि) आवेदन, क्रेडिट कार्डको विवरणका लागि आवेदन, क्रेडिट कार्ड परिवर्तनको आवेदन, ग्रिन पिन (क्रेडिट कार्डका लागि) आवेदन, क्रेडिट कार्ड ब्लक तथा अनब्लक, डिम्याट, सिआस्बा, मेरो सेयर, टीएमएस खाता खोल्ने, मुद्दती खाता प्रिम्याचुयर आदि ग्राहकमैत्री सेवा बैंकको वेबसाइटबाटै अनलाइन प्रदान गर्नेछ।

ग्राहकले यस बैंकको वेबसाइटमा रहेकाको ‘डिजिटल युनिभर्स’मा गई https://digitaluniverse.gibl.com.np/ क्लिक गरी उल्लिखित सेवाहरू आफ्नो प्रयोग गर्न सक्नेछन्।

बैंकले केही दिन अगाडिमात्र विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवा प्रदान गर्ने गरी छुट्टै लाउन्ज ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको हो । जसमा चेक जम्मा गर्ने मेसिन, नगद जम्मा गर्ने मेसिन र एटीएम मेसिनजस्ता अत्याधुनिक मेसिन रहेका छन्।

ग्लोबल आइएमई बैंकका मुलुकभर ७७ जिल्लामै शाखा सञ्जालन  छन्। बैंकले ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.