|

बन्दुकधारीको आपराधिक समूहले उत्तरपश्चिम नाइजेरियाको एक गाउँमा आक्रमण गरी चार प्रहरीसहित २६ जनाको हत्या गरेको छ। यस्तै कैयौँलाई अपहरण गरेको छ। 

‘लुटेराहरूले आइतबार गिदान बोका गाउँमा आक्रमण गरी २६ जनाको हत्या गरेका र दर्जनौँ बासिन्दालाई अपहरण गरेका छन्। यसमा अधिकांश महिला र बालबालिका छन्’, काङ्कारा जिल्लाका राजनीतिक प्रशासक अनस इसाले एएफपीलाई भने। अपहरणमा परेकाको सङ्ख्या पत्ता लगाउन आफ्नो कार्यालयले काम गरिरहेको उनले जानकारी दिए।

‘सशस्त्र डाकुहरूले गिदान बोका गाउँमा आक्रमण गरको र १५ जना व्यक्तिको मृत्यु र दुई जना घाइते छन्’, प्रहरीले विज्ञप्तिमा उल्लेख गरेको छ। अपराधीहरूले भाग्ने क्रममा नजिकैको नकवाबो गाउँका पाँच जना बासिन्दालाई पनि गोली हानेर हत्या गरेका थिए।

राष्ट्रपति बोला अहमद टिनुबुले एक विज्ञप्तिमा, ‘भयानक र भयावह’ आक्रमणको निन्दा गरेका छन्। सशस्त्र समूहविरुद्ध अझै धेरै कारबाही गर्ने उनले बताए।

भारी हतियारधारी गिरोहहरूद्वारा आतङ्कित कट्सिना उत्तरपश्चिमी र मध्य नाइजेरियाका धेरै राज्यहरूमध्ये एक हो। यहाँ आपराधिक गिरोहले फिरौतीको लागि सामूहिक अपहरणका साथै घरहरू जलाउने र लुट्ने गर्छन्।

जाम्फारा, कात्सिना, कादुना र नाइजर राज्यहरूमा फैलिएको विशाल जङ्गलमा शिविरहरू राख्ने गिरोहहरूले पछिल्ला केही वर्षमा विद्यालयबाट विद्यार्थीलाई अपहरण गरेका घटना समाचारमा आएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.