|

काठमाडौं : भारतको नयाँ सेनाप्रमुख लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी बन्ने भएका छन्। 

भारत सरकारले जनरल मनोज पाण्डेको ठाउँमा द्विवेदी सेना प्रमुख हुने जनाएको छ। लेफ्टिनेन्ट जनरल द्विवेदीसँग चीन र पाकिस्तानसँगको सिमानाको राम्रो परिचालन अनुभव छ। प्रधानसेनापति पदमा कार्यरत मनोज पाण्डे आगामी मे ३१ मा अवकाशमा जाँदै छन्। 

वरिष्ठताका आधारमा द्विवेदीलाई यो पदमा चयन गरिएको हो।  गत महिना सरकारले पाण्डेको कार्यकाल एक महिना थप गरेको थियो। उनले मे ३१ गते अवकाश लिने कार्यक्रम रहेकोमा ६ दिनअघि नै उनको कार्यकाल थपिएको थियो।

रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले जुन ३० गतेदेखि लागू हुने गरी सेनाको उपप्रमुखमा कार्यरत लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदीलाई प्रधानसेनापति नियुक्त गरेको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.