|

पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा एउटा ग्यास ट्याङ्कर र कार ठोक्किँदा ६ जनाको मृत्यु भएको मोटरवे प्रहरीले जनाएको छ। दुर्घटना चकवल जिल्लामा भएको थियो। जहाँ दुवै सवारी एक आपसमा ठोक्किएर खाल्डोमा खसेको प्रहरीले जनाएको छ। ट्याङ्करमा लागेको आगो छिट्टै निभाइएको थियो।

ट्यांकरको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। ब्रेक फेल भएर सडकको बीचको पर्खालमा ठोक्किएपछि आउँदै गरेको कारसँग ठोक्किएको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.