|

काठमाडौँ : मधुपर्क सम्मान २०८१ बाट तीनजना श्रष्टालाई सम्मान गरिएको छ।

मंगलवार एक कार्यक्रमबीच काठमाडौँमा मधुपर्क सम्मान २०८१ बाट वरिष्ठ कवि मञ्जु काँचुली तिवारी, साहित्यकार किशोर पहाडी, वरिष्ठ समालोचक प्रा कृष्ण गौतमलाई सम्मान गरिएको हो। 

मधुपर्कको ५७औँ वार्षिकोत्सवको उपलक्ष्यमा उनीहरुलाई ५० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो। 

कार्यक्रममा समालोचक प्राडा वासुदेव त्रिपाठीले नेपाली साहित्यको एक अंश गोरखापत्रसँग जोडिने बताए। उनले गोरखापत्रले आफ्नो यात्राका विभिन्न चरणमा नेपाली साहित्यमा ठूलो योगदान पुर्‍याएको बताए।

उनले मधुपर्क साहित्यको एउटा दस्ताबेज भएको पनि बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.